NW

News Website

नेपाल घुमेपछि भेटिएको ‘भर्जिन’ गाउँ

काठमाडौं – जेठको रापिलो गर्मीमा हामीले नेपालको अहिलेसम्मकै लामो बाइक टूर गरेका थियौँ। जसलाई नाम दिएका थियौँ, ‘नेपाल टूरिजम प्रोमोसन टूर’। मोटरसाइकलमा यात्रा गरिरहेका हामीले त्यसलाई सजिलोसँग बुझ्ने गरी ‘ताप्लेजुङ-दार्चुला बाइक टूर’ भन्यौँ।

नेपालका विविध पर्यटकीय सम्भावना र चुनौतीलाई एकै ठाउँमा बसेर गहिरो चिन्तन तथा मन्थन गर्ने कार्यक्रम ‘नेपाल टूरिजम फेस्टिभल’ गरेपछि हामीले नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मको भौगोलिक र पर्यटकीय सम्भावना हेर्न उक्त टूर गरेका थियौँ।

हामीले नेपालको अहिलेसम्मकै लामो बाइक टूर गरेका थियौँ। जसलाई नाम दिएका थियौँ, ‘नेपाल टूरिजम प्रोमोसन टूर’। मोटरसाइकलमा यात्रा गरिरहेका हामीले त्यसलाई सजिलोसँग बुझ्ने गरी ‘ताप्लेजुङ-दार्चुला बाइक टूर’ भन्यौँ।

ताप्लेजुङ, दार्चुला र पोखराबाहेक हामीले धेरै ठाउँमा चर्को गर्मीको सामना गर्यौ। धादिङको मलेखु आइसकेपछि फेरि पानी पर्यो। २३ दिन लगाएर गरिएको यात्राको अन्तिम दिन हामी बन्दीपुरबाट सोझै काठमाडौँ पुग्ने योजनामा थियौँ। तर मलेखु पुग्दा धेरै ठूलो पानी परेपछि यात्राका सारथि र धादिङ निवासी चन्द्र तामाङले भने, ‘आज हामी धादिङमै बसौँ।’

होटल आगमनमा बसेका हामीलाई स्वागत गर्न धादिङ बेनीघाट रोराङ गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष जीवनसिंह तामाङसहित जनप्रतिनिधि आइपुग्नु भएको थियो।

भारी वर्षाका कारण चुटिएका हामीले वडाध्यक्षबाट खादा र मालासहितको न्यानो स्वागत र सत्कार पायौँ। ताप्लेजुङ-दार्चुला यात्राका क्रममा हामीले भोगेका केही मिठा र केही तिता कुराको स्मरण गर्यौ।

यात्राका क्रममा पत्रकार तथा राइडर्स चन्द्र तामाङले आफ्नै ठाउँमा रहेको भर्जिन गाउँ ‘ब्रोम्दिङ एक्सप्लोर’ गर्ने सपना हामीलाई बाँड्नु भएको थियो। वडाध्यक्षसँग भेटेपछि उहाँले दसैँ र तिहारको समयमा ब्रोम्दिङ एक्सप्लोर गरिदिन आग्रह गर्नुभयो।

त्यसदिन हामीले अन्य थुप्रै कार्यक्रमसँगै दसैँ र तिहारको बीचको समयलाई ब्रोम्दिङका लागि रिजर्भ गर्यौ। त्यसको तयारी चन्द्रजीले त्यसदिनदेखि नै गर्नु भएको थियो।

ताप्लेजुङ, दार्चुला र पोखराबाहेक हामीले धेरै ठाउँमा चर्को गर्मीको सामना गर्यौ। धादिङको मलेखु आइसकेपछि फेरि पानी पर्यो। २३ दिन लगाएर गरिएको यात्राको अन्तिम दिन हामी बन्दीपुरबाट सोझै काठमाडौँ पुग्ने योजनामा थियौँ।

यसबीचमा ताप्लेजुङ-दार्चुला टूरकै अर्का राइडर रियाज पौडेल, एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठ लगायत हामीले झण्डै तीन पटक बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)सँग पनि भेटेर ब्रोम्दिङ पर्यटन महोत्सव गर्ने निष्कर्षमा पुग्यौँ।

त्यसपछि काठमाडौंको दरबारमार्गमा गाउँपालिका अध्यक्ष विवेक, नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरे र हामी बसेर कार्तिक १५ र १६ गते ब्रोम्दिङ एक्सप्लोर गर्न पर्यटन महोत्सव गर्ने निर्णयमा पुग्यौँ।

ब्रोम्दिङ एक्सप्लोर अभियान र यात्रा
कार्तिक १५ गते बिहानै एक्सपल्स राइडर्स नेपाल, क्लबका राइडर, पत्रकार, कलाकार र पर्यटन सरोकारवाला नेपाल पर्यटन बोर्डको हलमा जम्मा भए। जहाँबाट हाम्रो ब्रोम्दिङ यात्रा सुरु हुँदै थियो।

बिहान ८ बजे नेपाल पर्यटन बोर्डबाट सुरु भएको यात्रा नागढुंगा, नौबिसे, गल्छी, गजुरी हुँदै चालिसे पुग्यो। तीन वटा गाडी र ३० वटा बाइकमा राइडर्स, पत्रकार, कलाकार तथा पर्यटन सरोकारवालाको टिम चालिसे पुग्यो। चालिसेमा केहीबेरमा चिया र खाजा खाएपछि पृथ्वी राजमार्ग छाडेर टिम २०८० मीटर उचाइमा हिँड्यो।

कार्तिक १५ गते बिहानै एक्सपल्स राइडर्स नेपाल, क्लबका राइडर, पत्रकार, कलाकार र पर्यटन सरोकारवाला नेपाल पर्यटन बोर्डको हलमा जम्मा भए। जहाँबाट हाम्रो ब्रोम्दिङ यात्रा सुरु हुँदै थियो।

उकालो लागेपछि टोली दिउँसो १ बजे थमभन्ज्याङ पुग्यो। जहाँ वडाध्यक्ष जीवनसिंह तामाङसहितका जनप्रतिनिधिले भव्य स्वागत र सत्कार गरेका थिए। फूलमाला लगाउँदै कलाकार, पत्रकार, पर्यटन सरोकारवाला र राइडर्सको भव्य स्वागत गरिएको थियो।

थमभन्ज्याङबाट जरुङ हुँदै टोली दिउँसो ३ बजे मात्रै ब्रोम्दिङ डाँडा पुग्यो। जहाँ मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, गाउँपालिका अध्यक्ष कृष्ण थपलिया विवेक लगायतले भव्य स्वागत गरेका थिए।

औपचारिक कार्यक्रम पश्चात साँझ सबैले सूर्यास्तको दृश्यावलोकन गरेका थिए। रातिको खानामा स्थानीय सिस्नोको साग, गाउँकै अर्गानिक खाना खाएर टोली ब्रोम्दिङ डाँडामै टेन्टमा सुतेको थियो।

बिहानै सूर्योदय हेरेपछि ‘ब्रोम्दिङमा पर्यटनको सम्भावना र चुनौती’ विषयक सेसन चलाएपछि स्थानीय गाउँलेको भव्य बिदाइ पाउँदै टोली काठमाडौँ फर्केको थियो।

ब्रोम्दिङ : एउटा नयाँ गन्तव्य
समुन्द्र सतहदेखि २०८० मीटर उचाइमा रहेको ब्रोम्दिङ धादिङको अग्लो ठाउँमध्येको एक हो। जहाँ तराईंको भत्भताउँदो गर्मीमा पनि चिसो हुन्छ।

शैलुङका जस्ता घाँसे थुम्काहरु भएको ब्रोम्दिङ पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो। आफ्नै अगाडि अन्नपूर्ण हिमाल, गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्ट देखिन्छन्।

जीवनका अनेक उतारचढावमा नजिकै घुम्न र फुर्सदको समयमा रिफ्रेसका लागि ब्रोम्दिङ एउटा नयाँ गन्तव्य हो।

जहाँ सूर्योदय र सूर्यास्तका लागि चर्चित नगरकोटको जस्तो उचाई छ। अनि मौसमका रुपमा सधैँ मन शिथिल बनाउने दामनको जस्तो हावापानी छ।
स्थानीय तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउने शैलुङका जस्तो थुम्का छन्। अनि स्थानीय तामाङ समुदायले बनाएको कोदोको रोटी, ढिडोदेखि सिस्नुको साग र मूलाको गुन्द्रुक खान पाइन्छ। जसले चित्लाङको रौनक बिर्साउन सक्छ।

शैलुङका जस्ता घाँसे थुम्काहरु भएको ब्रोम्दिङ पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो। आफ्नै अगाडि अन्नपूर्ण हिमाल, गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्ट देखिन्छन्।

ब्रोम्दिङ पर्यटन महोत्सवपछि एउटा नयाँ गन्तव्यका रुपमा ब्रोम्दिङको एक्सप्लोर भएको छ। जहाँ एकपटक पुगेका आन्तरिक तथा बाह्य पर्यटक रमाउँदै खुशी भएर फर्किने गरेका छन्। ‘म अहिलेसम्म झण्डै ६० भन्दा बढी देश पुगिसकेँ। नेपालका सबैजसो पर्यटकीय गन्तव्य पनि पुगिसकेको छु। तर ब्रोम्दिङजस्तो राम्रो र रमाइलो अन्त पाइन’ नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले ब्रोम्दिङको अनुभव साट्दै भने, ‘अझै प्रचारप्रसार भयो र केही पूर्वाधार बने भने यो ठाउँले साँच्चिकै अन्तर्राष्ट्रियस्तरकै ब्राण्डिङ पाउँछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

©2025- All Right Reserved.

Designed and Developed by  G-Tech Official